खरानीको टिको लगाएर नयाँ इतिहास रच्न तयार छौँ : गोकुल बाँस्कोटा
सारांश
- एमाले नेता गोकुल बाँस्कोटाले भदौ २३ र २४ गतेको आन्दोलनमा वितण्डा मच्चाउनेलाई कारबाहीको माग गरेका छन्।
- बाँस्कोटाले समयको परिवर्तनलाई स्वीकार्दै देशलाई समृद्ध बनाउनुपर्ने बताए।
- उनले वर्तमान सरकारलाई समयमै निर्वाचन गर्न र एमाले निर्वाचनका लागि तयार रहेको बताए।
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा वितण्डा मच्चाउने सबै अपराधीहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार काभ्रेको बनेपास्थित चारदोबाटोमा भएको कार्यक्रममा बोल्दै नेता बास्कोटाले यस्तो बताएका हुन् ।
‘यो वितण्डा गर्ने सबै अपराधीहरूलाई कानुनको दायरामा ल्याउनुपर्दछ र उनीहरूबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था गर्नुपर्छ’,बास्कोटाको भनाइ छ । समयले परिवर्तन माग्ने र युग परिवर्तन हुने भन्दै परिवर्तित चाहाना र भावनालाई सम्मान गर्न सक्नुपर्नेमा जोड दिँदै बाँस्कोटाले कुनै पनि सैनिक तानाशाह, व्यक्तिको तानशाह वा परेड नेपाली जनतालाई स्वीकार्य नभएको बताए ।
उनले अहिलेको अवस्थामा तीन वटै पुस्ता मिलेर देशलाई समृद्धिमा पुर्याउनुपर्ने बताए । उनले वर्तमान सरकारले पाएको म्यान्डेट अनुसार समयमा निर्वाचन गरोस् भन्दै एमाले निर्वाचनको सामना गर्न तयार रहेको बताए । ‘हामी अवश्य पनि खरानीको टिको लगाएर नयाँ इतिहास रच्नका निम्ति तम्तयार भएर बसेका छौँ’, बास्कोटको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण