नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आउन दिउँसोसम्मै लाग्ने
सारांश
- नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ।
- तुईन खोला पुल नजिकै खसेको पहिरोले सडक १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा ढाकेको छ।
- पहिरो पन्छाउन तीन लोडर र दुई एक्साभेटर प्रयोग भइरहेका छन् र सडक दिउँसोसम्म खुल्ने अनुमान छ।
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा हिजो साँझदेखि खसेको पहिरोका अवरुद्ध सडक शनिबार बिहान १० बजेसम्म सञ्चालनमा आउन सकेको छैन। चितवनको तुईन खोला पुल नजिकै निरन्तर पहिरो झर्दा यातायात पूर्णरूपमा ठप्प भएको हो।
हिजो साँझ करिब ७:१५ बजेतिर खसेको ठूलो पहिरोपछि रातभर ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन सम्भव नभएको र यात्रु सुरक्षालाई मध्यनजर गर्दै बिहान ४ बजेसम्मका लागि आवागमन नगर्न हिजै आग्रह गरिएको थियो।
तर पहिरो पन्छाउने प्रयास हुँदैगर्दा आज (शनिबार) बिहान ७:४० मा थप ठूलो पहिरो खसेर सडक करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा ढाकिएको सडक डिभिजन भरतपुरले जनाएको छ। माथिबाट ढुंगा खस्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन कठिनाइ भएको जनाइएको छ।
हाल तीनवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरी दुवैतर्फबाट पहिरो हटाउन प्रयास भइरहेको छ। मुग्लिनतर्फबाट थप एउटा एक्साभेटर पनि साइटतर्फ जाँदै छ।
सडक डिभिजनका अनुसार माथिबाट ढुंगा खस्ने क्रम रोकिएमा अझै कम्तीमा चार घण्टामा सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना छ। त्यसैले सबै सहज ढंगले काम भएमा दिउँसोतिर मात्रै सडक खुल्ने अनुमान गरिएको छ।
यसबीच यात्रुहरूलाई धैर्य गर्न तथा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण