शुरु भयो डुबानको मौसम : सिरहा जलमग्न (फोटोफिचर)
सिरहा । लागातारको वर्षाले मिर्चैयाको विभिन्न चोकमा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । शनिबारदेखि भइरहेको बर्षाले मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ ।
नालाको उचित व्यवस्थापनको अभावमा मिर्चैयामा पानीको निकास नहुँदा पूर्व पश्चिम लोकमार्गमा समेत पानी जमेकोले सबारीसाधन आगमनमा समस्या भईरहेको छ । मिर्चैयामा नाला निर्माणका लागि खनिएका खाल्डोहरु अधुरै रहँदा स्थानीय व्यवसायीहरुको पसलको अगाडी पानी जमेकोले थप सकस भएको छ । मिर्चैयाको थाना चौक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटोहरु जलमग्न र हिलाम्य भएको छ ।
मिर्चैया नगरपालिका अन्तर्गत रहेका जिर्ण एवम् कच्ची सडक तथा गल्लीको सडकहरु पनि वर्षाले हिलाम्य भएको हो ।
यहाँ हुन सक्छ डुबान समस्या, के सरकार गम्भीर छ ?
नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा समान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ ।
सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्न समेत कठिनाई भएको छ । पटक–पटक यस्ता समस्याहरुले मिर्चैया नगरपालिकाबासी आजित भएपनि नगरपालिकाले समस्या समाधान गर्न खासै चासो देखाएको छैन ।
पानीको उचित निकास नहुँदा सर्बसाधारणको घर–घरमा पानी पसेपनि नगरपालिकाले कुनै चासो नदिएको राजपा नेपालका नेतृ चन्द्रकला साहले आरोप लगाइन् ।
वर्षाले जिल्ला मिर्चैयाको साथै, गोलबजार, लहान, सुखिपुर, कल्याणपुर, बस्तिपुर, धनगढीमाई, सिरहा सदरमुकाम लगायत ग्रामिण क्षेत्रको सडक प्रभावित बनेको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण