कम्युनिस्ट नेताहरूले भने– परम्परागत शैलीले देश बन्दैन
सारांश
- कम्युनिस्ट नेताहरूले क्रान्ति पुरानो शैलीले नहुने र देशलाई निकास दिन नसकिने बताए ।
- क्रान्तिकारी कम्युनिस्टहरूले एकताका लागि साझा एजेन्डा बनाउनुपर्ने र नेताहरूको स्वार्थ बाधक रहेको धारणा राखे ।
- वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताले विज्ञान र प्रविधिलाई उत्पादनमा जोड्दै कम्युनिस्टहरू परिमार्जित हुनुपर्ने बताए ।
काठमाडौँ । कम्युनिस्ट नेताहरूले परम्परागत शैलीले क्रान्ति नहुने र देशलाई निकास पनि दिन नसकिने बताएका छन् । आइतबार राजधानीको संवाद डबलीमा नेकपाले गरेको ‘क्रान्तिकारी कम्युनिस्ट एकता आजको राष्ट्रिय आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले नेपालका क्रान्तिकारी कम्युनिस्टहरूले परम्परागत शैलीलाई परिवर्तन गर्नुपर्ने बेला आएको बताए । देश र जनताले नेपालका क्रान्तिकारीहरू एक भएको हेर्न चाहेको र वर्तमान आवश्यकता पनि त्यही भएकोले आफूहरूले साझा एजेन्डा बनाएर एकतालाई अगाडि बढाउनु पर्ने धारणा राखे ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसले देशमा क्रान्तिकारीहरुबीचको एकता अत्यावश्यक भए पनि सबै अटाउने साझा कार्यक्रम अभाव रहेको बताए । श्रीसले कतिपय अवस्थामा कार्यक्रम नमिल्दा पनि भावनामा बगेर एकता हुने र कतिपय बेला कार्यक्रम साझा हुँदा पनि एकता नहुनुले देशमा क्रान्तिकारी शक्ति कमजोर भएको बताए ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य जागृत रायमाझीले क्रान्तिकारी कम्युनिस्टहरुबीच एकता अत्यावश्यक भए पनि नेताहरूको निजी स्वार्थले त्यसलाई रोक्ने गरेको बताए । रायमाझीले नेपालका कम्युनिस्टलाई कमजोर बन्नुमा नेताहरू जिम्मेवार रहेको बताउँदै भने, 'समयमा ओली अहङ्कार र प्रचण्ड घमन्डले क्रान्तिकारी कम्युनिस्टहरूलाई थप कमजोर बनाएका छन् ।' रायमाझीले पुँजीवादी भूमण्डलीकरणले विश्वका कम्युनिस्टहरू कदमकदमा अवरोध गरेको सन्दर्भमा विज्ञान र प्रविधिलाई उत्पादनमा जोड्ने र सोहीअनुसार कम्युनिस्टहरूले आफूलाई परिमार्जित गरे मात्रै देश परिवर्तन हुने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणप्रसाद शर्माले कम्युनिस्टहरुबीच एकताको मुख्य बाधक भनेको नीतिभन्दा नेतृत्व प्रधानता भएको बताए । नेकपा मशालका प्रवक्ता रामप्रकाश पुरीले पछिल्लो समयमा क्रान्तिकारीहरुबीच एकता जरुरी रहेको बताए ।
कार्यक्रममा मार्क्सवादी एकता समाजका संयोजक श्रीकान्त पण्डित, नेकपा (बहुमत) का कार्यालय सदस्य कृष्ण धमला, मार्क्सवादी महासचिव युवराज काफ्ले, नेकपा कार्यालय सदस्य इन्दिरा अधिकारी, समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य अशोक सुवेदी, नेकपा नेता शरणविक्रम मल्ल, स्वतन्त्र बाम बुद्धिजीवी भूमिनन्दा देवकोटा, डाइलेक्टीकल सोसाइटीका संयोजक विनोद लोहनी, नेकपा सचिवालय सदस्य पुष्कर गौतम र महादिप पोखरेलले परम्परागतभन्दा नयाँ तरिकाले कम्युनिस्टले एकता गरी क्रान्तिमा जुट्नु पर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण