बालकोट पुगेर राधिका शाक्यले भनिन्- नयाँ पुस्तालाई संग्रहालय छोडेर जाने विचार थियो
सारांश
- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालकोटस्थित आगजनी भएको घरको अवलोकन गरिन्।
- शाक्यले घर संग्रहालय बनाउने योजना रहे पनि अब खरानी मात्रै बाँकी रहेको बताइन्।
- उनले घरमा रहेका बहुमूल्य सामान र सम्मानपत्रहरूको सम्झना गर्दै इतिहास फेरि बनाउन नसकिने बताइन्।
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेकी छन् ।
शनिबार शाक्यले नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोडेर जाने विचार भए पनि अब खरानी छोडेर जानुपरेको बताइन् ।
जलेका पुस्तकका खरानीको टीका लगाउँदै आफूले यहाँ पुस्तकहरू जतन गरेर राख्ने गरेको,अध्यक्ष ओलीलाई देश विदेशबाट दिइएका सम्मानपत्र तथा बहुमल्य वस्तुहरू समेत संग्रहालयको रूपमा सजाएर राखिएको बताइन् ।
‘मलाई यो घर व्यवस्थापन गर्न छ महिना लागेको थियो,' उनले भनिन्, ‘एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मान पत्र तथा मायाको चिनो र अर्को कोठामा चाइना,कम्बोडिया,भारत,भियतनाम,जापानलगायत देशका प्रधानमन्त्रीहरूले दिएका अमूल्य सामानहरू दराजहरूमा थिए ।’
शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा के-के सामानहरू थिए भनेर सम्झना पनि गरिन् । ‘यति मेरो पसिना र श्रम परेको छ नि’, भावुक हुँदै शाक्यले भनिन्, ‘बालुवाटार हुँदा पनि म साता-दश दिनमा यहाँ आएर सामान मिलाउने र सफाइ गर्ने काम गर्थें ।’
शाक्यले घर फेरि बनाउन सकिए पनि इतिहास फेरि बनाउन नसकिने बताइन् ।
जेनजी आन्दोलनका बालकोटस्थित अध्यक्ष ओलीका दुवै घर खरानी भएर जलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण