केनको ह्याट्रिकमा बायर्नको सहज जित
काठमाडौँ । ह्यारी केनको ह्याट्रिक सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगमा सहज जित निकालेको छ ।
शनिबार राति सकिएको खेलमा बायर्नले होफेनहेमलाई ४–१ गोल अन्तरले हराएको हो ।
होफेनहेमको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन केनले ह्याट्रिक पूरा गरे । त्यस्तै सर्जी गेनब्रेरीले एक गोल गरे ।
खेलको ४४औँ मिनेटमा केनले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । खेलको ४८औँ मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै बार्यनलको अग्रता दोब्बर पारे । केनले नै खेलको ७७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे ।
होफेनहेमका लागि खेलको ८२औँ मिनेटमा कोउफालले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा गेनब्रीले गोल गर्दै बार्यनलाई ४–१ गोलको जित दिलाए ।
जितसँगै बायर्नले बुन्डेस लिगामा ४ खेलमा शतप्रतिशत जित निकालेको छ । पराजित होफेनहेमले ६ अंक मात्र जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण