घरेलु मैदानमा रियल मड्रिडको जित, शीर्ष स्थानमा ५ अंकको अग्रता
शनिबार, ०४ असोज २०८२, २१ : ५८
काठमाडौँ । ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले ५ अंकको अग्रता बनाएको छ ।
शनिबार राति घरेलु मैदानमा इस्पानियोललाई २-० ले हराउँदै रियलले पाँच खेलमा शतप्रतिशत जित निकालेको हो । आजको खेलमा रियललाई जित दिलाउन एडर मिलिटाओले २२ औं र किलियन एम्बाप्पेले ४७ औं मिनेटमा गोल गरे । जारी लिगमा एम्बाप्पेको गोल संख्या पाँच पुगेको छ ।
पराजित स्पनियोल १० अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।
दोस्रो स्थानमा रहेको बार्सिलोनाको भने १० अंक मात्र छ । यद्यपि उसले रियल भन्दा एक खेल कम खेलेको छ । रियलले लिगमा बुधबार लेभान्टेसँग खेल्ने छ ।
त्यस्तै आजै सकिएको लिगको अर्को खेलमा लेभान्टेले दोहोरो रातो कार्ड पाएको गिरोनालाई ४–० को फराकिलो अन्तरले हराउँदै जारी लिगमा विजयी यात्रा सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण