बेलायतले आज प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिनसक्ने
आइतबार, ०५ असोज २०८२, ०८ : १०
सारांश
- बेलायती प्रधानमन्त्री केयर स्टारमरले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिने घोषणा गर्ने तयारी गरेका छन्।
- यो कदम बेलायतको विदेश नीतिमा ठूलो परिवर्तन हो र इजरायली सरकारको यसको कडा आलोचना गरेको छ।
- बेलायती मन्त्रीहरूले दीर्घकालीन शान्ति सम्झौताको लागि आशा जीवित राख्न यो कदम आवश्यक रहेको बताएका छन्।
लन्डन । बेलायती प्रधानमन्त्री केयर स्टारमरले आइतबार प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिने घोषणा गर्ने अपेक्षा गरिएको छ । यसलाई बेलायतको विदेश नीतिमा ठुलो परिवर्तन मानिएको छ ।
इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई राज्य समाधानसँग सम्बन्धित सर्तहरूको पालना गर्दैन भने, बेलायतले सेप्टेम्बरमा आफ्नो अडान उल्टाउने गएको जुलाईमा स्टारमरले भनेका थिए ।
बेलायतको यो कदमको इजरायली सरकार, बन्धकहरूका परिवारहरू र केही कन्जरभेटिभ नेताहरूले कडा आलोचना गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पहिले नै यस्तो कदमले आतङ्कवादलाई पुरस्कृत गर्ने बताएका थिए ।
दीर्घकालीन शान्ति सम्झौताको लागि आशा जीवित राख्न कारबाही गर्नु नैतिक जिम्मेवारी भएको बेलायती मन्त्रीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण