आधिकारिक रूपमा लागू भयो ट्रम्प प्रशासनको 'गोल्ड कार्ड'
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले अमेरिकामा स्थायी बसोबासको लागि 'गोल्ड कार्ड' योजना सुरु गरेको छ।
- यस योजना अन्तर्गत स्थायी बसोबास खोज्ने व्यक्तिहरूले दस लाख डलर तिर्नुपर्नेछ।
- गोल्ड कार्ड धारकहरूलाई अमेरिकाका सबै ५० राज्यहरूमा बस्न र यात्रा गर्न छुट हुनेछ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा स्थायी बसोबासको लागि ‘गोल्ड कार्ड’ नाम गरेको नयाँ प्रिमियम आप्रवासन योजना सुरु गरेको छ । शुक्रबार ट्रम्पले गोल्ड कार्ड भिसा कार्यक्रमको लागि कार्यकारी आदेशमा हस्ताक्षर गरे ।
अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले यस सम्बन्धमा ट्विट गरेका छन् । ट्विटमा ट्रम्प गोल्ड कार्ड आधिकारिक रूपमा लागू गरिएको भनेर उनले भनेका छन् । यसमा लुटनिकले ट्रम्प गोल्ड कार्डका लागि आवश्यक रकम पनि खुलासा गरेका थिए ।
गोल्ड कार्ड योजना अन्तर्गत अमेरिकामा स्थायी बसोबास खोज्ने व्यक्तिहरूले दस लाख डलर तिर्नुपर्नेछ । गोल्ड कार्ड धारकहरूलाई अमेरिकाका सबै ५० राज्यहरूमा बस्न र यात्रा गर्ने छूट हुनेछ । विदेशी कर्मचारीहरूलाई काममा राख्न खोज्ने कम्पनीहरूका लागि, ट्रम्प कर्पोरेट गोल्ड कार्ड हुनेछ । यसले कम्पनीहरूलाई प्रत्येक कर्मचारीको लागि २० लाख डलरको फिर्ता नहुने शुल्क तिर्नुपर्नेछ ।
यो कार्ड कम्पनीको नाममा हुनेछ, र यसलाई स्थानान्तरण शुल्क तिरेर अन्य कर्मचारीलाई स्थानान्तरण गर्न सकिनेछ । यसको लागि १५ हजार डलरकोे प्रशोधन शुल्क लाग्नेछ । यो योजनाले ईबी–१ र ईबी २ श्रेणीअन्तर्गत हाल उपलब्ध रोजगारमा आधारित ग्रीन कार्डहरूलाई प्रतिस्थापन गर्नेछ । शुरुमा यस्ता ८० हजार भिसा जारी गरिनेछ ।
पोष्टमा लुटकिनले यो पनि भनेका छन् । गोल्ड कार्ड भिसा कार्यक्रम आप्रवासनको विस्तार होइन । यो कार्ड सफल व्यवसायी, लगानीकर्ता र उद्यमीहरूलाई उपलब्ध हुनेछ । यसले विदेशीहरूलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण