टिकटकको एल्गोरिदममा अमेरिकी नियन्त्रण, बोर्डको सात सिटमध्ये ६ वटा अमेरिकीलाई
सारांश
- अमेरिका र चीनबीचको सम्झौताअनुसार टिकटकको सञ्चालन अमेरिकी नियन्त्रणमा रहने भएको छ।
- सम्झौताले अमेरिकी कम्पनीहरूलाई टिकटकको एल्गोरिथ्ममा नियन्त्रण दिनेछ र बोर्डमा अमेरिकी नागरिकको बहुमत रहनेछ।
- ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टिकटक सम्झौताको बारेमा फोनमा कुराकानी भएको थियो।
क्यालिफोर्निया । अमेरिका र चीनबिच भएको नयाँ सम्झौता अन्तर्गत, अमेरिकामा टिकटकको सञ्चालन अमेरिकी नियन्त्रण रहने भएको छ । यो सम्झौताले अमेरिकी कम्पनीहरूलाई टिकटकको भिडियो फिडहरू चलाउने एल्गोरिदममा नियन्त्रण दिने र यसकाे सात सदस्यीय बोर्डमध्ये ६ वटामा अमेरिकी नागरिक रहने ह्वाइट हाउसले शनिबार घोषणा गरेको छ ।
टिकटकको चिनियाँ माउ कम्पनी बाइटडान्सले यसमा रहेको आफ्नो हिस्सेदारी बेचेपछि चीनले एल्गोरिदममा नियन्त्रण कायम राख्नेछ कि राख्दैन भन्ने अमेरिका र चीनबिचको विवादमा एउटा प्रमुख मुद्दा यो थियो । कांग्रेसले जनवरीमा टिकटकलाई प्रतिबन्ध लगाउन कानून पारित गरेको थियो । तर ट्रम्पले बाइटडान्स र अमेरिकी कम्पनीहरू बीचको सम्झौतालाई सहज बनाउन आदेशहरू मार्फत टिकटकलाई बारम्बार अस्थायी छुट दिइरहे ।
घरेलु टेक जायन्ट ओरेकलले टिकटकको डेटा र सुरक्षा ह्यान्डल गर्ने ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले भनेकी थिइन् । कम्पनीको सात सिटमध्ये छ वटा सिट अमेरिकी नियन्त्रणमा रहने पनि उनले बताइन् । ‘हामी सम्झौता अन्तिम चरणमा पुगेकोमा १०० प्रतिशत विश्वस्त छौं, अब यसमा हस्ताक्षर गर्न बाँकी छ, र राष्ट्रपतिको टोलीले आफ्ना चिनियाँ समकक्षीहरूसँग यसमा काम गरिरहेको छ,' उनले भने ।
शुक्रबार ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले टिकटक सम्झौताबारे फोनमा लामो कुराकानी गरेका थिए । अमेरिकी लगानीकर्ताहरू तयार रहेको अनि सीले पनि सहयोगी मनोवृत्ति देखाइरहेको ट्रम्पले बताए । चीनले एल्गोरिदमलाई नियन्त्रण गर्छ कि भनेर सोध्दा ट्रम्पले यो अमेरिकाकै नियन्त्रणमा रहने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण