लयमा फर्कँदै युनाइटेड
आइतबार, ०५ असोज २०८२, १० : ४६
सारांश
- म्यान्चेस्टर युनाइटेडले चेल्सीमाथि २-१ गोलको जित हासिल गर्यो ।
- खेलको पाँचौँ मिनेटमा चेल्सीका एक खेलाडी रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
- युनाइटेडका लागि ब्रुनो फर्नान्डेस र कासिमेरोले गोल गरे ।
काठमाडौँ । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले चेल्सीमाथि २–१ गोलको जित निकाल्यो । खेलको पाँचौँ मिनेटमा १० खेलाडीमा सीमित चेल्सीमाथि शनिबार राति जित निकाल्दै लयमा फकिएको सङ्केत दिएको हो ।
घरेलु मैदानमा युनाइटेड पनि पहिलो हाफको इन्जुरी समयमा १० खेलाडीमा सीमित भएको थियो । खेलको पाँचौँ मिनेटमा चेल्सीका रोबर्ट सान्चेज रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
खेलको १४औँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । खेलको ३७औँ मिनेटमा कासिमेरोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
कासिमेरो नै खेलको इन्जुरी समयमा रातो कार्ड खाँदै मैदान बाहिरिए । खेलका ८०औँ मिनेटमा ट्रेभोच चालोबाले चेल्सीका लागि एक गोल फर्काएपनि युनाइटेडले २–१ गोलको जित निकाल्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण