ओलीले तानेका तीन विभाग पुरानो ठाउँमा फर्काउने कार्कीको तयारी
सारांश
- सरकारले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुरानै मन्त्रालयमा फर्काउने तयारी गरेको छ।
- प्रधानमन्त्रीले यी तीन विभागलाई पुरानै मन्त्रालयमा फर्काउन फाइल पेस गर्न निर्देशन दिएकी हुन्, आइतबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने सम्भावना छ।
- यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले यी विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको थियो, जसको आलोचना भएको थियो।
काठमाडौँ । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग पुरानै मन्त्रालयमा फर्काउने तयारी सरकारले गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले यी तीन विभागलाई पुरानै मन्त्रालयमा फर्काउने तयारी गरेर फाइल पेस गर्न शासकीय सुधार महाशाखालाई निर्देशन दिएकी हुन् । मन्त्रिपरिषद् बैठक आइतबारलाई बोलाइएकाले त्यही बैठकबाट निर्णय हुने सम्भावना रहेको कार्यालयका एक उच्च पदस्थ अधिकारीले जानकारी दिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साल फागुन १६ गते मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी तीन शक्तिशाली विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने निर्णय गरेको थियो । त्यसअघि राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत थिए । राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत थियो ।
त्यो बेला मुलुक सङ्घीयतामा गएको बेलामा महत्त्वपूर्ण विभाग विकेन्द्रीकरण गर्नुपर्नेमा केन्द्रीकृत गरेको भन्दै ओलीको आलोचना भएको थियो । ओलीपछि २०७८ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले यी विभागलाई पुरानै स्थानमा फर्काउने तयारी गरे पनि सकेका थिएनन् ।
२०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले पनि विभागहरूलाई पुरानै स्थानमा फर्काउने प्रयास गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण