सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक
सारांश
- बागलुङ-सिगाना-बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ, जुन भदौ २९ गते बन्द भएको थियो।
- सडक माथिबाट खसेको पहिरोले एउटा गोठ पुरिएको थियो र एक परिवार विस्थापित भएका थिए।
- पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सडक डिभिजन र निर्माण व्यवसायीले सहयोग गरेका थिए।
बागलुङ । गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् ।
चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो । आजदेखि सडक सञ्चालन भएसँगै यात्रु गन्तव्यमा लागेका छन् । उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’अन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको १० किमी कालोपत्र भएको थियो । सडक डिभिजन कार्यालय बागलुङले कर्ण विल्डर्सलाई ठेक्कामार्फत सडक कालोपत्र गर्न दिएको थियो ।
कार्यालय र निर्माण व्यवसायीको सहयोगमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । पहिरोका कारण पुरिएको गोठबाट मृत अवस्थामा भैँसी निकालिएको उनले बताए ।
क्षतिग्रस्त घरबाट सामग्री स्थानान्तरण कार्यमा नगरपालिकाले नगरप्रहरीका साथै डोजर प्रयोग गरेर तत्कालै सहजीकरण गरेको खड्काले उल्लेख गरे । उनका अनुसार सडक डिभिजन कर्यालयको सहजीकरणमा लगातार पाँचदिन स्काभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण