नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ ।नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आश्विन ३ गते आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा होटल एलो पगोडामा आइतबार वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाको प्रारम्भमा प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले कम्पनीको उद्देश्य परिवर्तन र सर्वसाधारणमा शेयर जारी गर्नु पर्ने आवश्यकताका बारेमा प्रकाश पारेका थिए ।
अध्यक्ष देवेन्द्र प्रताप शाहले मन्तव्य प्रस्तुत गर्दै नेक्सजेन म्यानेजमेन्टको विगत, वर्तमान अवस्था, भावी रणनीति तथा कार्यक्रमको बारेमा जानकारी गराए ।
सञ्चालक अजय कुमार मिश्रले उद्योग व्यवसायमा लगानी गर्दाको जोखिम तथा समयानुकूल लगानी गर्दाको फाइदा बारेमा अवगत गराएका थिए ।
साधारण सभामा संस्थापकहरू रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रित मनोरञ्जन रमण शर्मा र विजय बहादुर शाहले कम्पनीको बारेमा विभिन्न जिज्ञासा राखेका थिए । अध्यक्ष शाह र प्रबन्ध सञ्चालक भट्टराईले उठेको जिज्ञासा र प्रश्नहरूको उत्तर दिएका थिए ।
सभाले आर्थिक वर्ष २०८१।०८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप व्यवस्था गर्ने र आव २०८२।०८३ को लागि लेखा परीक्षकको नियुक्ति पारित गरेको थियो ।
त्यसै गरी जारी तथा चुक्ता पूँजी ५० करोड पुर्याउने क्रममा प्रिमियममा थप संस्थापक शेयर बिक्री गर्न, ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी समेत सभाबाट सर्वसम्मतले अनुमोदन भएको छ ।
नेक्सजेन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको हो । यो कम्पनी विगत ६ वर्ष देखि निरन्तर खुद मुनाफामा रहेको, गत वर्ष नगद लाभांश वितरण गरेको छ ।
यस वर्षको खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ पनि अङ्कित मूल्य रु १०० भन्दा बढी रहेकोले अब नयाँ लगानीकर्ता समेटेर कम्पनीको आकार र व्यवसाय वृद्धि गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण