माओवादीकाे पदाधिकारी बैठक : प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाइने
सारांश
- माओवादी केन्द्रले वर्तमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेको छ।
- पार्टीले निर्वाचन तोकिएको मितिमै गर्नुपर्ने र त्यसका लागि भूमिका खेल्ने निर्णय गरेको छ।
- अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे ब्रिफिङ गरेका थिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहालकै संयोजकत्वमा आयोजक समिति बनाउने प्रस्ताव पदाधिकारी बैठकले गरेको उनले जानकारी दिए । उनकाअनुसार उक्त प्रस्तावमाथि ९ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
बैठकले मध्यावधि निर्वाचन घोषित मितिमै हुनुपर्ने भन्दै त्यसका लागि पार्टीले आवश्यक भूमिका खेल्ने निर्णय रगेको पनि बताए । उनकाअनुसार बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे ब्रिफिङ गरेका थिए ।
उनले भने,‘आजको बैठकमा अध्यक्ष कमरेडले सविस्तार ब्रिफिङ गर्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र त्यसको संश्लेषणपछि सबै पदाधिकारीहरूले आआफ्नो धारणा राख्नुभयो । सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचन समयमा गर्नुपर्छ । त्यसका लागि पार्टीले खेल्नुपर्ने सबै प्रकारको भूमिका खेलिन्छ । निर्वाचन घाेषित मितिमै गर्नुपर्छ भन्ने छ । मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय पनि भएको छ । नेतृत्वको हस्तान्तरणबारे विचार, विधि र प्रक्रियाको बारेमा प्रारम्भिक छलफल भयो । अगामी योजनको बारेमा पनि बृहत् छलफल भएको छ । त्यसको विस्तृत प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय पनि भएको छ । देशभक्त, लोकतान्त्रिक र परिवर्तनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अघि बढ्न अपिल गर्ने निर्णय पनि भएको छ ।’
बैठकले लोकतान्त्रिक र परिवर्तनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अघि बढ्न अपिल गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण