बाँकेका तीन कार्यालय फेरि प्रयोग गर्न नमिल्ने अवस्थामा
सारांश
- बाँकेको कोहलपुर र नेपालगन्जका तीन सरकारी कार्यालयलाई रेड जोनमा राखिएको छ, जहाँ सेवा प्रवाह गर्न नसकिने निष्कर्ष छ।
- आन्तरिक राजस्व र भूमिसुधार कार्यालयका भवनमा क्षति पुगेको छ, जसका कारण प्रवेश निषेध गरिएको छ।
- दुई कार्यालय जोखिममुक्त रहेको र सात वटालाई मर्मतपछि प्रयोग गर्न सकिने गरी एलो जोनमा राखिएको छ।
नेपालगन्ज। बाँकेको कोहलपुर र नेपालगन्जमा रहेका तीन सरकारी कार्यालय पूर्ण रूपमा जोखिमयुक्त रहेको पाइएको छ । प्राविधिक अध्ययनपछि सहरी विकास तथा भवन कार्यालयले ती कार्यालयबाट पुनः सेवा प्रवाह गर्न नसकिने निष्कर्षसहित अन्य स्थान प्रयोग गर्न सुझाव दिँदै रेड जोनमा राखेको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा कोहलपुरमा रहेको एउटा कार्यालय र नेपालगन्जमा रहेका दुई कार्यालयलाई ‘रेड जोनमा’ राखिएको कार्यालय प्रमुख श्रीराम आश्रय शाहले जानकारी दिए ।
उनले बाँके र बर्दियाका प्रदेश संरचनामा कुनै क्षति नभएको र सङ्घीय कार्यालयमध्ये आन्तरिक राजस्व कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालयको भवनमा क्षति भएकाले प्रवेश निषेध गरिएको बताए ।
‘रेड जोन’ मा रहेका ती कार्यालयबाट सेवा प्रवाह गर्न सम्भव नभएकाले वैकल्पिक रूपमा सेवा प्रवाह गर्न सुझाव दिएको जानकारी दिँदै शाहले दुई कार्यालय पूर्ण रूपमा जोखिममुक्त रहेको र सात वटा कार्यालयलाई ‘एलो जोन’मा राख्दै केही समयपछि आवश्यक मर्मतपछि प्रयोग गर्न सकिने उल्लेख गरे ।
“पहेँलो स्टिकर प्रदान गरिएका कार्यालयबाट मर्मतसम्हार र सरसफाइ गरेर सेवा प्रवाह गर्न सकिने अवस्था छ । यस्तै, ग्रिन स्टिकर पाएका कार्यालयले सामान्य मर्मतपछि पनि कार्यालय सञ्चालनमा ल्याउन सक्ने अवस्था छ”, उनले भने ।
शुक्रबार र शनिबार दुई दिनसम्म अध्ययन गरिएको थियो । टोलीले जिल्लाभित्रका सम्पूर्ण भौतिक संरचनाको जाँच गरी ‘ग्रेडिङ’ गरेको छ । जिल्लाका करिब १२ कार्यालयमा भएको आगजनीले क्षति पुर्याएको छ ।
नेपाल इन्जिनियरिङ एसोसिएसन, सहरी तथा भवन डिभिजन कार्यालय, सहरी विकास तथा भवन कार्यालय, नेपालगन्जको संयुक्त टोलीले ती सरकारी कार्यालयको अध्ययन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण