अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो
सारांश
- शरद ऋतु सुरु भएपछि म्याग्दीको अन्नपूर्ण हिमाल आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ।
- दसैं-तिहारको बिदामा पदयात्रीको संख्या बढ्ने र पदमार्गमा मिस्त्रीखोला, झरना, हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ।
- अन्नपूर्ण गाउँपालिकाले पदमार्ग व्यवस्थापन र पूर्वाधार निर्माणमा जोड दिएको छ, जसले स्थानीय रोजगारी सिर्जना गरेको छ।
म्याग्दी । शरदयाम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पर्यटकहरूको चहलपहल बढेको छ। मौरिस हर्गोज पदमार्ग हुँदै जाने पर्यटकहरूका कारण यहाँको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ।
अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाका अनुसार हाल दैनिक १५ देखि ४० जना पदयात्रीहरू आधार शिविरको यात्रा गरिरहेका छन्। दसैं-तिहारको बिदामा यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। छोटो समयमा नै पुग्न सकिने र मनमोहक प्राकृतिक सौन्दर्यका कारण यो पदमार्ग पर्यटकहरूको रोजाइमा परेको छ।
यहाँको पदयात्रामा मिस्त्रीखोलाको किनारै किनार यात्रा, अग्ला झरना, मनमोहक हिमश्रृंखला, अनौठो भूगोल, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्न पाइन्छ। नारच्याङबाट दुई घण्टा गाडीमा हुमखोला पुगेपछि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिनमा फर्कन सकिन्छ। सहरको कोलाहलबाट टाढा शान्त र एकान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो पदमार्ग उपयुक्त गन्तव्य बनेको छ।
अन्नपूर्ण गाउँपालिकाले पदमार्गको व्यवस्थापन र पूर्वाधार निर्माणमा जोड दिएको छ। यहाँ आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानीको व्यवस्था गरिएको छ। समुद्री सतहबाट ४,१०० मिटरको उचाइमा रहेको आधार शिविरमा खुला संग्रहालय समेत स्थापना गरिएको छ। साथै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्क्याप) को सहयोगमा 'रेड वाटरफल' र सुनखोलामा काठको पुल निर्माण गरिएको छ।
पदमार्गमा रहेका चिया पसल र क्याम्पिङ स्थलहरूको सञ्चालनले पर्यटकलाई खान, बस्न सहज हुनुका साथै स्थानीय स्तरमा रोजगारी र आयआर्जनको अवसर पनि सिर्जना भएको छ। ती क्याम्पिङ क्षेत्रमा दैनिक ५० जनासम्म पर्यटक बस्न सक्ने क्षमता रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण