काभ्रेका प्रहरी कार्यालय पुनःस्थापनार्थ सामग्री सहयोग जुट्दै
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी कार्यालय, ब्यारेक र मेसका लागि समुदायस्तरबाट सामग्री सहयोग जुटाइएको छ। विभिन्न संस्था र व्यक्तिहरूले बनेपा र पाँचखालका प्रहरी कार्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएका छन्।
बनेपास्थित कलेजले इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई प्रिन्टर र कम्प्युटर सहयोग गरेको छ। रोटरियन रामप्यारी बज्राचार्यले ट्राफिक प्रहरी कार्यालयलाई ल्यापटप, टेबुल र चार थान कुर्सी दिएका छन्। बुडोल सामुदायिक सहकारीले पनि प्रिन्टर र कम्प्युटर उपलब्ध गराएको छ।
तथ्याङ्क समन्वय कार्यालय धुलिखेलले इलाका प्रहरी कार्यालय बनेपाका लागि पाल दिएको छ। बनेपाका युवाहरूले कम्प्युटर र प्रिन्टर सहयोग गरेका छन् भने काभ्रे माध्यमिक विद्यालयले भान्साका सामग्री उपलब्ध गराएको छ। बेलर इन्टरनेशनल एकेडेमीले एक थान कम्प्युटर सहयोग गरेको छ।
ग्लोबल टक्या प्रालिले ३०–३० थान सिरक, डसना र तन्ना उपलब्ध गराएको छ। स्थानीय रामशरण हुमागाईंले बिजुली बत्ती, प्रकाश भोछिभोयाले खानेपानी धारा सहयोग गरेका छन् भने केही युवाहरूले प्राविधिक सहयोग दिएका छन्। क्लासिक टेक बनेपाले निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराएको छ।
यस्तै, आन्दोलनमा तोडफोड र आगजनीमा परेको इलाका प्रहरी कार्यालय पाँचखाललाई स्वेच्छा सहकारीले फर्निचर, स्टेशनरी र अन्य कार्यालय सामग्री सहयोग गरेको छ।
जेनजी आन्दोलनका क्रममा काभ्रेका १८ सरकारी तथा निजी संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ। नगरपालिका भवन, प्रहरी कार्यालय र जनप्रतिनिधिको घरहरूमा तोडफोड र आगजनी भएको हो। काठमाडौँको प्रदर्शनमा काभ्रेका चार जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण