बैंकिङ कारोबारका लागि आरटीजीएस प्रणाली खुला रहने
सोमबार, ०६ असोज २०८२, ११ : ४७
सारांश
- आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानीका लागि आरटीजीएस प्रणाली सञ्चालन गरिएको छ।
- नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुनेछ।
- आरटीजीएस ठूलो मूल्यको भुक्तानीका लागि प्रयोग हुने विद्युतीय भुक्तानी प्रणाली हो।
काठमाडौँ । आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहनेछ । ‘सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको छ’, राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ ।
आरटीजीएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण