सरकारले राम्रो मनसायले सरुवा गरेको भए सहयोग गर्छु : हितेन्द्रदेव
सारांश
- निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरकारले प्राधिकरणबाट हटाएपछि कसरी अघि बढ्ने भन्नेमा परामर्श गरिरहेका छन्।
- सरकारले राम्रो मनसायले आयोगमा सरुवा गरेको भए सहयोग गर्ने शाक्यको भनाइ छ, तर बिनाकारण सरुवा गरिएको गुनासो छ।
- आफूलाई दुई पटक प्राधिकरणमा नियुक्त गरे पनि काम गर्ने अवसर नपाएको शाक्यको गुनासो छ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जिम्मेवारीबाट हटाएसँगै कसरी अघि बढ्ने विषयमा परामर्श गरिरहेको बताएका छन् ।
शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । शाक्यले वर्तमान सरकारलाई सहयोग गरेर अघि बढ्ने आफ्नो योजना भए पनि आयोगमा सरुवा गरेको बताए ।
उनले सरकारले राम्रो मनसाय बनाएर आयोगमा सरुवा गरेको भए आयोगमा बसेर पनि वर्तमान सरकारलाई सहयोग गर्ने बताए। आफू सहयोग गर्ने पक्षमा रहे पनि सरकारले बिनाकारण सरुवा गरिएको गुनासो उनको छ ।
शाक्यले रातोपाटीसँग संक्षिप्त कुरा गर्दै सरकारले कसरी ‘ट्रिट’ गर्छ त्यही अनुसार अघि बढ्ने योजना रहेको समेत बताए ।
उनले भने– ‘मेरो विशेषज्ञता सरकारले चाहेको हो भने छुट्टै कुरा हो । म त्यही अनुसार सरकारलाई आयोगमा बसेर सहयोग गर्छु । तर, प्रतिसोध साँधेको हो भने त्यही अनुसार अघि बढ्छु । म सरकारलाई सहयोग गर्ने पक्षमा नै थिएँ । तर, काम गर्ने अवसर समेत नदिई हटाइयो ।’
शाक्यले आफू प्राधिकरणमा दुई पटक नियुक्ति भएको तर दुवै पटक काम गर्ने अवसर नपाएको गुनासो गरे । कानुनी लडाइँमा जाने केही सोच बनाउनुभएको छ भन्ने जिज्ञासामा उनले अहिले कानुनी लडाइँमा जाने कुनै योजना नभएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण