सुर्खेतमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
सोमबार, ०६ असोज २०८२, १४ : ३६
सारांश
- सुर्खेतको भेरीगंगा नगरपालिकामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकल चालकको पहिचान खुलेको छैन, तर पछाडि सवार एकजना घाइते भएका छन्।
- प्रहरीले दुर्घटनामा संलग्न ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित पाडुलेमा ट्रक र बुलेट मोटरसाइकल ठोक्किँदा करिब २२ वर्षीय एक युवकको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताए । यद्यपि उनको पहिचान भने खुल्न बाँकी छ ।
बुढथापाका अनुसार, सोमबार दिउँसो १२ बजेतिर छिन्चु–धुलियाविट सडक खण्डमा ना ५ ख ५६०८ नम्बरको ट्रक र लु ०३–००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार अछामका १८ वर्षीय दमन शाही घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय छिन्चुले दुर्घटनामा संलग्न ट्रकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण