लाबुबु खेलाैनाको लागि युवतीले आत्मा बेचेपछि...
काठमाडौँ । एउटा विवादास्पद सोसल एक्सपेरिमेन्टमा एक रुसी युवतिले १ लाख रुबलमा आफ्नो आत्मा बेचेकी छिन् । यी पैसा ती युवतीले लाबुबु डल(खेलाैना)को कलेक्सन र कन्सर्टको टिकट किनेको बताइएको छ ।
आफूलाई डिमिट्री बताउने एक जना मार्केटिङ एक्सपर्टले रुसी सामाजिक सञ्जाल नेटवर्क टेलिग्राममा एउटा ठट्टाको रूपमा १ लाख रुबलमा कसैको आत्मा किन्न चाहेको बताए । यस्तो अनौठो अफरलाई कसले सहजै स्वीकार छ जस्तो उनलाई लागेको थियो ।
तर, अचम्मको कुरा के भयो भने एक जान २६ वर्षीया युवतीले उनको अफरमा रुची देखाइन् । ती युवतीले आत्मा बिक्रीको सम्झौतामा आफ्नो रगतले हस्ताक्षर गरेकी थिइन् ।
डिमिट्री सामाजिक सञ्जालमा आत्मा बेचेको रसिद र रगतले हस्ताक्षर गरेको करार पत्र पोष्ट गरिएको छ । फोटोमा सम्झौतामा भएका व्यक्तिगत विवरणहरू भने कालो मसीले छोपिएको थियो ।
आत्मा बेच्ने केटीको नाम करिना भएको बताइएको छ । ‘मैले भर्खरै पहिलो आत्मा किने । मैले अहिले पक्कै पनि डेभी जोन्स जस्तो महसुस गरिरहेको छुँ,’ पोष्टमा उनले लेखेका छन् ।
आफूले भर्खरै किनेको मानव आत्मालाई के गर्ने भन्ने डिमिट्रीलाई थाहा छैन । उनले सामाजिक प्रयोगको रूपमा मात्रै उक्त स्टन्ट गरेका थिए ।
आफूले बेचेको आत्माको आफूलाई केही माया लागेको अनि नयाँ मालिकले यसलाई के गर्छन् भन्ने चिन्ता भएको पनि करिनाले टेलिग्राम च्यानल ‘म्याश’मा भनेकी थिइन् ।
उनले आत्मा बेचेर पाएको पैसा त्यतिबेला नै लाबुबु डलको कलेक्सन किन्न र एक जना रुसी लोक गायकको कन्सर्टको टिकट किन्न खर्च गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण