देश बचाऔँ, देश बनाऔँ : सञ्चारमन्त्री खरेल
सारांश
- नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने बताए।
- मन्त्री खरेलले काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा २ महिनाभित्र फ्रि वाइफाई उपलब्ध गराउने घोषणा गरे।
- उनले देश बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको र पत्रकारको दुःखसुख बुझ्ने बताए।
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले वर्तमान सरकारको मुख्य म्यान्डेट फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । सोमबार पदबहालीपछि सम्बोधन गर्दै मन्त्री खरेलले जेनजी आन्दोलनको भावनाअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नुका साथै पुननिर्माणका काम सरकारको प्राथमिकतामा रहेको बताए ।
मन्त्री खरेलले जेनजीको बलिदानीको जगमा बनेको सरकारको मन्त्री भएका नाताले इन्टरनेटको एक्सेस बढाउन आफूले पहिलो निर्णय गर्नुपरेको बताए ।
‘आजको २ महिनाभित्र काठमाडौँ उपत्यकाका सार्वजनिक स्थानमा फ्रि वाइफाई उपलब्ध हुनेछ’, पहिलो निर्णय सुनाउँदै खरेलले भने । उनले मङ्सिर महिनाभित्र काठमाडौँका जुनसुकै सार्वजनिक स्थानमा वाइफाई उपलब्ध हुने बताए ।
त्यसबाहेक ५ महिनाभित्र सात प्रदेशका राजधानीसहित महत्त्वपूर्ण १० सहरका सार्वजनिक स्थलमा पनि फ्रि वाइफाई उपलब्ध गराइने जानकारी गराए । उनले देश बनाउनुपर्ने बेला आएको भन्दै देश बचाउने र देश बनाउनुपर्नेमा सबैको साथ सहयोग अनिवार्य भएको बताए ।
‘देश सरकारले मात्रै बनाउन सक्दैन’, उनले भने, ‘मैले संविधानको मौलिक हक आत्मसात् गरेको छु । पत्रकार नै भएकाले सुख दु:ख बुझ्छु ।’
आफूले सम्हालेको मन्त्रालय सञ्चार मन्त्रालय मात्र नरहेर इन्फर्मेसन टेक्नोलोजीमा समेत ध्यान पुर्याउनुपर्ने भएकाले त्यसैमार्फत भाग्य र भविष्य कोर्न सबै मिलेर जानुपर्ने बताए । उनले भने- ‘हामी सबै मिलेर देश बचाऔँ र देश बनाऔँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण