कोपा ट्रफी
यामालले जिते लगातार दोस्रो पटक कोपा ट्रफी
मङ्गलबार, ०७ असोज २०८२, ०१ : ०१
सारांश
- बार्सिलोनाका खेलाडी लामिन यमालले वर्ष २०२५ को कोपा ट्रफी अवार्ड जिते।
- उनलाई बालोन डी'ओर समारोहमा उत्कृष्ट युवा खेलाडीको अवार्ड दिइयो।
- कोपा ट्रफी २१ वर्ष मुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ।
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी लामिन यमालले वर्ष २०२५ को कोपा ट्रफी अवार्ड जितेका छन् ।
सोमबार भएको बालोन डी’ओर समारोहमा उनलाई वर्ष २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीको रुपमा अवार्ड प्रदान गरिएको हो ।
कोपा ट्रफी २१ वर्ष मुनिका उत्कृष्ट खेलाडीलाई दिने गरिन्छ ।
यामालले गत वर्षको बालोन डी’ओरमा पनि कोपा ट्रफी जितेका थिए । उनले स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
गत सिजन उनले सबै प्रतियोगितामा ५५ खेल खेल्दै १८ गोल गरेका थिए । बार्सिलोनाले ला लिगा र कोपा डेल रे जिते पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टरसँग पराजित भएको थियो ।
महिलातर्फको कोपा ट्रफी पनि बार्सिलोनाकै विकि लोपेजले जितेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण