बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
बालोन डीओर

डेम्बेलेले जिते बालोन डी’ओर अवार्ड

मङ्गलबार, ०७ असोज २०८२, ०२ : ३५
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • उस्मान डेम्बेलेले २०२५ को बालोन डीओर अवार्ड जिते, भिटिनिया र लामिन यमाललाई पछि पार्दै।
  • डेम्बेलेले पीएसजीलाई च्याम्पियन्स लिग र फ्रेन्च लिग वानको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिए।
  • एइटाना बामोटीले महिलातर्फको बालोन डीओर अवार्ड जितिन्, यो उनको लगातार तेस्रो जित हो।

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) खेलाडी उस्मान डेम्बेलेले वर्ष २०२५ को बालोन डी’ओरअवार्ड जितेका छन् ।

डेम्बेलेले भिटिनिया र लामिन यमाललाई पछि पार्दै यो अवार्ड जितेका हुन् । 

पेरिस सेन्ट जर्मन (पीएसजी) लाई च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेका डेम्बेलेले अवार्ड जितेका हुन् । त्यस्तै फ्रेन्च लिग वानको उपाधि जिताउन पनि महत्त्वपूर्ण योगदान गरे  ।

वर्ष २०२५ मा डेम्बेलेले पीएसजीका लागि ३५ गोल गरेका थिए । त्यस्तै क्लबलाई फिफा क्लब विश्वकपको फाइनलमा पुग्न पनि मद्दत पुऱ्यायो । यो सिजन फ्रेन्च क्लब र विशेषगरी विङ्गरबाट सेन्टर फरवार्ड बनेका डेम्बेलेका लागि उत्कृष्ट रहेको थियो ।

त्यस्तै महिलातर्फको बालोन डी’ओरअवार्ड एइटाना बामोटी  जितेकी छन् । उनी स्पेनिस क्लब बार्सिलोनाकी खेलाडी हुन् । उनले लगातार तेस्रो पटक यो अवार्ड जितेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप