बागमती खोलामा डुबेर किशोर बेपत्ता, खोजीकार्य जारी
सारांश
- रौतहटको बागमती नदीमा कलश यात्रामा गएका एक किशोर डुबेर बेपत्ता भएका छन्।
- बेपत्ता भएका १३ वर्षीय रोशन यादवको खोजी कार्य जारी छ, तर २४ घण्टा बितिसक्दा पनि फेला पार्न सकिएको छैन।
- प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्, तर अँध्यारोका कारण खोजी कार्य स्थगित गरिएको थियो र आज बिहानैदेखि पुन: सुरु गरिएको छ।
रौतहट । रौतहटको वृन्दावन नगरपालिका स्थित बागमती नदीमा घटस्थापनाको अवसरमा कलश यात्रामा सहभागी हुन गएका एक किशोर डुबेर बेपत्ता भएका छन् । बेपत्ता भएको झन्डै २४ घण्टा बित्दा पनि हालसम्म उनी फेला पर्न सकेको छैन।
वृन्दावन –३ विश्रामपुरका गजेन्द्र यादवका १३ वर्षीय छोरा रोशन यादव सोमबार बिहान हनुमान चौकस्थित दुर्गा पूजाको लागि गरिएको कलश शोभा यात्रामा सहभागी भएका थिए। बागमती नदीमा नुहाउने क्रममा खोलाको गहिरो खाडलमा परेर उनी बेपत्ता भएको प्रहरीको अनुमान रहेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर र सशस्त्र प्रहरी बल समनपुर क्याम्पका टोलीसहित स्थानीय बासिन्दाले खोजी कार्य गरिरहेको छ । तर हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले बताएका छन्।
प्रहरीका अनुसार रमौली घाटदेखि धरमपुर घाटसम्म व्यापक खोजी गर्दा पनि कुनै सुराक नलागेपछि बेलुकी अँध्यारो भएपछि खोजी कार्य स्थगित गरिएको थियो। आज बिहानैदेखि पुनः खोजी अभियान सुरु गरिएको डिएसपी आचार्यले जानकारी दिएका छन्।
दसैँको अवसरमा पहिलो दिन घटस्थापनाको लागि नजिकको नदी खोलाबाट माटोको गाग्रीमा जल ल्याएर स्थापना गर्ने चलन रहिआएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण