दालको बोराभित्र कपडाको पोको भेटिएपछि...
मकवानपुर । हेटौँडामा एक किराना पसलमा रहरको दाल भित्र कपडाको पोका फेला परेको छ ।
हेटौँडा उपमहानगरपालिका–५ स्थित एक किराना पसलमा भारतबाट आयातित रहरको दालभित्र कपडाको पोकामा शङ्कास्पद वस्तु फेला परेको हो ।
चाडपर्वलाई लक्षित गरी गरिएको संयुक्त बजार अनुगमनका क्रममा माँ अन्जनी किराना पसलमा रहेको दालको बोराभित्र कपडामा बेरिएको सानो पोको फेला परेको हो । उक्त शङ्कास्पद वस्तु फेला परेपछि प्रशासनले उक्त दालको बिक्री वितरणमा तत्काल रोक लगाएको छ ।
वीरगन्जस्थित ‘ऊ ट्रेडिङ’ बाट प्याक भएर आएको २५ किलोग्राम तौलको रहरको दालको बोरा खोल्दा शङ्कास्पद वस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।
अनुगमन टोलीले १८ बोरा दालमध्ये २ वटा खोल्दा उक्त पोको फेला पारेको थियो । पसलका सञ्चालकका अनुसार कुल ३० बोरा दाल आयात गरिएकोमा १२ बोरा बिक्री भइसकेको छ । बाँकी रहेका सबै दालका बोराहरू सिलबन्दी गरिएको छ ।
दालभित्र भेटिएको उक्त पोको विषादी हुन सक्ने आशङ्का गरिएको छ । उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै तत्काल बिक्रीमा रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत पङ्कज दाहालले जानकारी दिए ।
कपडामा बाँधिएको सानो पोको वास्तवमा के हो भन्ने विषयमा अनुसन्धान गरिने उनले बताए । कार्यालयले सल सञ्चालकलाई तीन दिनभित्र दालको खरिद बिल पेस गर्न निर्देशन दिएको उनको भनाई छ ।
यसैबिच मंगलबार हेटौँडाका विभिन्न स्थानमा बजार अनुगमनलाई तीव्रता दिइएको थियो । कान्तिलोकपथ र भैरवरोड क्षेत्रका ८ वटा किराना पसल, डेरी तथा मिठाई पसलमा अनुगमन गरिएको थियो । सो क्रममा बालाजी ट्रेड लिङ्कबाट म्याद नाघेको ग्लुकोज, दालमोठ र सुजीको पिठो जफत गरी नष्ट गरिएको छ ।
त्यसैगरी, शुभम् किराना एन्ड कोल्ड स्टोरबाट पनि अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ भने मुक्तिनाथ डेरीलाई तीन दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको खाद्य अधिकृत दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार
-
पहिलो हाफमा अमेरिकाविरुद्ध बेल्जियम २–१ ले अगाडि
-
मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने
-
स्पेनसँगको हारसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा: कस्तो रह्यो उनको ६ विश्वकप करियर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण