शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी प्रदर्शन

तोडफोड र आगजनीबाट भाटभटेनीमा १० अर्ब ८५ करोडभन्दा बढीको क्षति

मङ्गलबार, ०७ असोज २०८२, २१ : ३८
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • भदौ २४ गतेको आन्दोलनमा भाटभटेनीका २० वटा स्टोरमा १० अर्ब ८५ करोडभन्दा बढीको क्षति भएको छ।
  • भाटभटेनीका अध्यक्षका अनुसार, १२ वटा स्टोर पूर्ण रूपमा जलेका थिए भने बाँकी ९ वटामा आंशिक क्षति पुगेको थियो।
  • प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यलाई आधा सम्पत्ति दिन तयार रहेको बताए र भाटभटेनीमाथि टार्गेट गरिएको गुनासो गरे।

काठमाडौँ । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडको घटनामा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी कुल १० अर्ब ८५ करोडभन्दा बढी क्षति भएको छ ।

सबै स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले जानकारी दिए ।

क्षतिको विवरण सङ्कलनका क्रममा यस्तो पाइएको उनको भनाइ छ ।

 प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा गुरुङले १२ वटा स्टोर पूर्णरुपमा जलाइएको र बाँकी नौ वटामा आंशिक क्षति पुगेको जानकारी गराएका छन् । उनले भाटभटेनीमा कार्यरत दश हजार बढी कर्मचारीलाई बिदा नगर्ने आफूहरूको योजना रहेको बताउँदै दसैँ बोनस पनि पूरा महिनाको प्रदान गर्ने जानकारी गराएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक पटक प्रतिबद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको गुनासो गरे ।

भाटभटेनीका १२ वटा स्टोर पूर्णरुपमा क्षति भएका र आंशिक क्षति भएका नौ वटा गरी १९ वटा स्टोरको संरचनामा चार अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलाइएको छ ।

यसैगरी ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको भाटभटेनीले जनाएको छ ।

भाटभटेनीका स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महँगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप