कान्ति लोकपथमा सवारी आवागमनको समय बढाइयो, ल्याइयो नयाँ नियम
सारांश
- ललितपुर जिल्ला प्रशासनले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सवारी आवागमन नियम परिवर्तन गरेको छ।
- कान्ति लोकपथ हुँदै मकवानपुर र सिन्धुली जाने सवारी साधनका लागि आवागमन समय बढाइएको छ।
- ३० टन भारवहन क्षमता र १० चक्के सवारी साधन बेलुका ९ बजेसम्म तोकिएको विन्दुमा पुग्नुपर्नेछ।
ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर र सिन्धुली जाने सवारी साधनको आवागमनलाई सहज बनाउन नयाँ नियम जारी गरेको छ ।
असोज ७ गते (आइतबार) देखि कोजागत पूर्णिमा (असोज २१ गते) मंगलबार सम्म लागु हुने यो नियमअनुसार सार्वजनिक र निजी यात्रुवाहक सवारी साधनका लागि आवागमनको समय बढाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनाअनुसार अब ३० टन भारवहन क्षमता र अधिकतम १० चक्के सवारी साधनहरू मात्र कान्ति लोकपथमा चल्न पाउनेछन् । यी सवारी साधनहरू बेलुका ९ बजेसम्म तोकिएको प्रवेश वा प्रस्थान विन्दुमा पुगिसक्नुपर्नेछ ।
तोकिएका प्रवेश र प्रस्थान विन्दुहरू
१. मकवानपुर जिल्लाबाट ललितपुर प्रवेश विन्दुः बगुवा, बागमती गाउँपालिका वडा नं २
२. ललितपुर जिल्लाबाट प्रस्थान विन्दु (मकवानपुरतर्फ) : टीकाभैरव, गोदावरी नगरपालिका वडा नं ६
जिल्ला प्रशासन कार्यालयले मनसुन वर्षाको पूर्वानुमान कायम रहेको र सडकका विभिन्न खण्डमा पहिरोजन्य तथा अन्य जोखिम विद्यमान रहेको भन्दै विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
सवारी साधन सञ्चालनमा कुनै कठिनाई नआओस् भन्नका लागि सुरक्षाकर्मीले दिने जानकारीअनुरुप मात्र सवारी सञ्चालन गर्न, लेन अनुशासन कायम राखी सतर्कता र सावधानीपूर्वक यात्रा गर्नसमेत सूचनामा विशेष अनुरोध गरिएको छ ।
यी नयाँ नियमहरू चाडपर्वका बेला हुने अत्यधिक सवारी चापलाई व्यवस्थित गर्न र यात्रुको सुरक्षा सुनिश्चित गर्नका लागि ल्याइएको प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण