बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चीनको प्रविधि नीति : अनुसन्धानको प्रत्यक्ष उपयोगमा जोड

मङ्गलबार, ०७ असोज २०८२, २२ : २८
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, २०२४ मा विज्ञान र प्रविधि उपलब्धिहरूको रूपान्तरणमा प्रगति भएको छ।
  • २०२४ मा ४,०५९ विश्वविद्यालय र अनुसन्धान संस्थाहरूले प्रविधि रूपान्तरण सम्झौतामार्फत २२६.९ अर्ब युआन कमाए।
  • प्रविधि रूपान्तरण सम्झौताको संख्या ६ लाख ६१ हजार पुगेको छ, जसले प्रविधिको प्रयोग बढेको देखाउँछ।

बेइजिङ । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयले सन् २०२५ को ‘पुजियाङ नवप्रवर्तन मञ्च’ को अवसरमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, सन् २०२४ मा विज्ञान तथा प्रविधिका उपलब्धिहरूको रूपान्तरणमा उल्लेखनीय प्रगति भएको छ ।

प्रतिवेदनका अनुसार, सन् २०२४ मा चीनभरका चार हजार ५९ विश्वविद्यालय र अनुसन्धान संस्थाहरूले आफ्ना वैज्ञानिक तथा प्रविधि सम्बन्धी उपलब्धिहरूलाई स्थानान्तरण, अनुमति प्रदान, लगानी, प्रविधि विकास, परामर्श तथा सेवाजस्ता छ वटा माध्यममार्फत रूपान्तरण गरेका छन् । ती रूपान्तरणसम्बन्धी सम्झौताहरूको कूल रकम २२६.९ अर्ब युआन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले बढी हो ।

सम्झौताहरूको सङ्ख्या ६ लाख ६१ हजार पुगेको छ । सम्झौता सङ्ख्या र मूल्य दुवैमा देखिएको वृद्धि विज्ञान तथा प्रविधिका उपलब्धिहरू प्रभावकारी रूपमा प्रयोगमा आइरहेका छन् भन्ने सङ्केत गर्दछ ।

प्रतिवेदनमा  देशभरका विश्वविद्यालय तथा अनुसन्धान संस्थाका वैज्ञानिकहरू नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा निरन्तर सक्रिय रहेको भनिएको छ । सन् २०२४ मा ४१५ विश्वविद्यालय तथा संस्थाहरूले सय करोड युआनभन्दा माथिका प्रविधि रूपान्तरण सम्झौता गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशतको वृद्धि हो ।

साथै, सन् २०२४ को अन्त्यसम्म १८ हजार २४८ जना पूर्णकालिक कर्मचारी प्रविधि रूपान्तरणको कार्यमा समर्पित रहेको उल्लेख छ । यस्तै, एक हजारभन्दा बढी विश्वविद्यालय तथा संस्थाहरूले प्रविधि रूपान्तरण कार्यालयहरू स्थापना गरिसकेका छन् ।

त्यसैगरी, एक हजार ३२९ विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूले उद्योगसँग सहकार्य गर्दै संयुक्त अनुसन्धान तथा विकास केन्द्र, प्रविधि रूपान्तरण कार्यालय तथा प्लेटफर्महरू स्थापना गरेका छन्, जसले वैज्ञानिक अनुसन्धान र औद्योगिक प्रयोगबिचको सहकार्यलाई थप मजबुत बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप