पक्राउ
सुन्धाराबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
बुधबार, ०८ असोज २०८२, ०० : ०२
सारांश
- सुनधारास्थित केन्द्रीय कारागारबाट भागेका कैदी राजेश खातीलाई मकवानपुरबाट पक्राउ गरिएको छ।
- लागुऔषध मुद्दामा ५ वर्ष कैद र ५० हजार जरिवाना तोकिएका खाती जेनजी प्रदर्शनको बेला भागेका थिए।
- प्रहरीले हेटौँडा उपमहानगरपालिका-१५ घर भएका २८ वर्षीय खातीलाई भीमफेदी कारागारमा बुझाएको छ।
काठमाडौँ । सुनधारास्थित केन्द्रीय कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ । लागुऔषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद र ५० हजार जरिवाना तोकिएका राजेश खातीलाई पक्राउ गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
हेटौँडा उप महानगरपालिका–१५ घर भएका २८ वर्षीय खातीलाई प्रहरीले कारागार कार्यालय भिमफेदीमा बुझाएको छ । उनी रातमाटे चेकपोस्टबाट पक्राउ परेका हुन् । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी सुन्धाराबाट अरू कैदीबन्दीसँगै भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण