तस्बिरमा हेर्नुहोस् बीपी राजमार्गको पछिल्लो अवस्था
सारांश
- गत वर्षको बाढीपहिरोले बीपी राजमार्गमा क्षति पुर्याएपछि यात्रुहरूले सास्ती भोग्नु परेको छ।
- दशैँको आगमनसँगै हजारौँ यात्रुले प्रयोग गर्ने सडक धुलाम्मे हुँदा यात्रा गर्न कठिन भएको छ।
- राजमार्ग पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान छ तर स्रोत अझै सुनिश्चित छैन।
काभ्रे । गत वर्षको असोज दोस्रो साता आएको बाढी पहिराेले क्षति पुर्याएको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नु परेको छ ।
दशैँको आगमनसँगै हजारौँ यात्रुले प्रयोग गर्ने सो सडक अहिले पनि धुल्लामे छ। बाढीले सडक पूर्ण रूपमा क्षति हुँदा यात्रा गर्न कठिन भएको हो ।
_1UJPFXrNIg.jpg)
रोशीखोलाको बाढीले सो राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे भएका कारण यात्रुहरूले सास्ती भोग्नु परेको हो । सो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ ।
_rE1meKSvuN.jpg)
डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।
_Qp1Hpgga27.jpg)
सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडक खण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_gzCspSojd0.jpg)
_Ih9tQ1OJyu.jpg)
_rIzuREEjVk.jpg)
_hNuBd8raC1.jpg)
_3wMSRfso47.jpg)
_XcwrgNTbci.jpg)
_X1dEbjoOUE.jpg)
_eXAac0AYc7.jpg)
_SkZRglspy5.jpg)
_p5AMLT5iw1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण