सरकारी कार्यालयमा स्वदेशी फर्निचरको निर्णय कार्यान्वयन कति सहज ?
सारांश
- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले सरकारी कार्यालयमा नेपालमा उत्पादित काठका फर्निचर प्रयोग गर्ने निर्णय गरे।
- फर्निचर व्यवसायी महासंघले यस निर्णयको स्वागत गर्दै स्वदेशी उद्योगलाई प्रोत्साहन मिल्ने बताए।
- नेपालमा फर्निचर उद्योग स्वदेशी कच्चा पदार्थमा निर्भर रहेको र बजार व्यवस्थापनमा चुनौती रहेको उल्लेख छ।
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार पदभार ग्रहण गर्दै एउटा निर्णय गरे- सबै सरकारी कार्यालयमा नेपालमा उत्पादित काठबाट बनेका फर्निचर अनिवार्य गर्ने ।
उनको यो निर्णय कार्यान्वयनमा सफल होला कि नहोला जनचासोको विषय बनेको छ । किनभने अहिले सरकारी कार्यालयमा प्रयोग भइरहेका अधिकांश फर्निचरजन्य सामग्री आयातीत प्रयोग भइरहेका छन् ।
मन्त्री सिन्हाको यो निर्णयलाई नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले स्वागत गरेको छ । महासंघका अध्यक्ष युवराज पौडेलले यस निर्णयले स्वदेशी उद्योगलाई प्रोत्साहन मिल्ने बताएका छन् ।
‘स्वदेशी उत्पादन प्रशस्त छ । बरु हामी उत्पादन गर्नेलाई बजारको समस्या भइरहेको छ,’ उनले भने, ‘सामानको समस्या छैन । अब विदेशी सामानहरू आयात नगरे पनि नेपालकै सामग्रीले धान्छ ।’
यसअघि उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन थालिसकेको छ । औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ६८ को प्रयोग गरी तयार गरिएको उक्त निर्देशिकामा सार्वजनिक निकायमा कृषि तथा पशुजन्य उत्पादन र खाद्य तथा पेय पदार्थ फर्निचर, स्टेसनरी, पोशाक स्वदेशमा उत्पादित वस्तु नै प्रयोग गरिनुपर्ने उल्लेख छ ।
कति छ उत्पादन ?
महासंघका अध्यक्ष पौडेल नेपालमा उत्पादित फर्निचरमा ९० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग हुने गरेको बताउँछन् । उनका अनुसार फर्निचर उद्योग नेपाली कच्चा पदार्थमा आधारित नेपालको प्रमुख उद्योगमध्ये एक हो । फर्निचर निर्माणमा आवश्यक पर्ने काठलगायत ९० प्रतिशतभन्दा बढी सामग्री नेपालमै उत्पादन हुने गर्छ । बाँकी १० प्रतिशत सामग्री पनि आयात नगरी नेपालमै उत्पादन गर्न सकिने सम्भावना छ ।
नेपालमा फर्निचरसँग सम्बन्धित उद्योग करिब ४५ हजारदेखि ५० हजार रहेको अनुमान छ । जसमा स-साना काठका काम गर्नेहरू पनि समावेश छन् । यी उद्योगहरूले पर्दा, गलैँचा, म्याट्रेस, फ्लोरिङ फर्निचरदेखि सम्पूर्ण फर्निचरसम्मका उत्पादन गर्छन् ।
‘हाम्रो फर्निचर उद्योग स्वदेशी कच्चा पदार्थ प्रयोग बढी हुने प्रमुख उद्योग हो । आयात रोकेर आवश्यक कच्चा पदार्थको उत्पादन पनि नेपालमै सम्भव छ,’ उनले भने, ‘आयात हुने १० प्रतिशत कच्चा पदार्थ पनि नेपालमै उत्पादन गर्न सकिन्छ ।’
तर नेपालमा फर्निचरजन्य सामग्रीको आन्तरिक उत्पादन पर्याप्त रहेको तर बजार व्यवस्थापन र निर्यात प्रवर्द्धनमा भने विभिन्न चुनौती रहेको महासंघका अध्यक्ष युवराज पौडेल बताउँछन् ।
कति छन् फर्निचर उद्योग ?
नेपालमा फर्निचरसँग सम्बन्धित उद्योग करिब ४५ हजारदेखि ५० हजार रहेको अनुमान छ । जसमा स-साना काठका काम गर्नेहरू पनि समावेश छन् । यी उद्योगहरूले पर्दा, गलैँचा, म्याट्रेस, फ्लोरिङ फर्निचरदेखि सम्पूर्ण फर्निचरसम्मका उत्पादन गर्छन् ।
महासंघका अध्यक्ष पौडेल नेपालमा फर्निचरजन्य सामग्रीको उत्पादन स्वदेशी माग धान्न पूर्णरूपमा सक्षम रहेको बताउँछन् । ‘विदेशी सामग्री आयात गर्नुपर्ने अवस्था छैन । विदेशी सामान आयात नगरे पनि नेपालले धान्न सक्छ,’ उनी भन्छन् । यद्यपि, बजारमा अत्यधिक आयात भइरहेकाले स्थानीय उत्पादकहरूले बजार पाउन संघर्ष गरिरहेको उनी बताउँछन् ।
नेपालबाट फर्निचरको मुख्य सामग्री खासै निर्यात हुँदैन । साना आकारका झ्यालढोका र बुट्टा भरेका सामग्रीहरू भने निर्यात हुन्छन् । निर्यात कम हुनुको मुख्य कारण नेपाली फर्निचर महँगो र बलियो हुनु रहेको उद्योगीहरु बताउँछन् ।
स्थानीय उद्योगलाई निरुत्साहित गर्ने प्रवृत्ति अहिले समाजमा बढिरहेको उद्योगीहरुको गुनासो छ । कुनै उद्योग स्थापना भई राम्रोसँग चल्न थालेपछि वरपरका छिमेकीहरूले धुलो र ध्वनिको गुनासो गरी उद्योग बन्द गराउनेसम्मको दबाब दिने गरेको पौडेल बताउँछन् ।
यस सन्दर्भमा महासंघले सरकारसँग औद्योगिक क्षेत्रमा अन्य उद्योगहरूलाई जस्तै फर्निचर उद्योगलाई पनि जग्गा उपलब्ध गराउन माग गरेको छ ।
निर्यातको अवस्था नगन्य
नेपालबाट फर्निचरको मुख्य सामग्री खासै निर्यात हुँदैन । साना आकारका झ्यालढोका र बुट्टा भरेका सामग्रीहरू भने निर्यात हुन्छन् । निर्यात कम हुनुको मुख्य कारण नेपाली फर्निचर महँगो र बलियो हुनु रहेको उद्योगीहरु बताउँछन् ।
‘चिनियाँ फर्निचर एकपटक फिट गरिसकेपछि अर्को ठाउँमा सार्न पनि गाह्रो हुने तर नेपाली फर्निचर बलियो हुन्छ,’ पौडेल भन्छन्, ‘१० तलाबाट झार्दा पनि केही हुँदैन । तर चिनियाँ फर्निचर एक कोठाबाट अर्को कोठामा सार्दा नै बिग्रिन्छ ।’
गुणस्तरीय उत्पादन भइरहँदा पनि नेपाली फर्निचरजन्य सामग्रीमा गुणस्तर मापनको अभाव रहेको उनी बताउँछन् । यसै कारण पनि निर्यातमा समस्या भइरहेको छ । यसैगरी निर्माण उद्योगमा टेन्डर प्रक्रियामा पनि समस्या छ । बिल्डिङ निर्माणको टेन्डरसँगै फर्निचरको लागत पनि समावेश गरी मिसाउने गरिँदा स्थानीय फर्निचर उद्योगहरूलाई असर परेको पौडेल बताउँछन् ।
साथै, इन्टेरियर डिजाइनर र कन्सल्टेन्सी कम्पनीहरूले अवैधानिक रूपमा फर्निचरका कारखाना सञ्चालन गरिरहेका छन् । यस्ता समस्या समाधान गरी फर्निचर उद्योगलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण