इरानले युरेनियमको संवर्द्धन राेक्दैन : खामेनी
सारांश
- इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आणविक हतियार बनाउने कुनै मनसाय नराखेको बताए।
- उनले युरेनियम संवर्द्धन भने नरोकिनेमा जोड दिए, र अमेरिका संगको वार्ता हानिकारक हुने बताए।
- खामेनीले इरानको आणविक उद्योग बन्द गर्ने अमेरिकाको भनाइप्रति असहमति जनाए।
तेहरान । इरानले आणविक हतियार विकास गर्ने मनसाय नराखेको इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले बताएका छन् । तर यसो भन्दैमा युरेनियम संवर्द्धन भने नरोकिनेमा उनले जोड दिएका छन् ।
बीबीसी उर्दूका अनुसार, इरानी रेडियो र टेलिभिजनमा प्रसारित भाषणमा खामेनीले इरानी राष्ट्रको एकता, युरेनियम समृद्धि र संयुक्त राज्य अमेरिकासँगको यसको सम्बन्ध गरेर तीन कुरामा जोड दिएका थिए ।
उनले भने, ‘अमेरिकासँग वार्ता कुनै कामको छैन, बरु हानिकारक छ ।’ धम्की पाएपछि कुनै देशले वार्ता नगर्ने पनि उनले बताए । इरानी जनताले यस्ता बयान दिने कसैलाई पनि सहन नगर्ने उनकाे भनाइ छ ।
इरानको आणविक उद्योग र संवर्द्धनलाई बन्द गर्ने सम्बन्धमा अमेरिकाको भनाइलाई उल्लेख गर्दै खामेनीकाे यस्ताे भनाइ आएको हो । इरानसँग आणविक हतियार नभएको अनि भविष्यमा पनि यसको विकास नगर्नेमा पनि उनले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण