हातहतियार सहित ३ जना पक्राउ
सारांश
- कैलालीमा हतियारसहित २ जना पक्राउ परेका छन्, जसमा पेस्तोल र गोली बरामद गरियो।
- गोरखामा एकजनालाई २ थान बन्दुक, बारुद र अन्य सामग्रीसहित पक्राउ गरियो।
- प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । कैलाली र गोरखामा हतियारसहित ३ जना पक्राउ परेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका-१ बाट पेस्तोल २ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभास चन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समिरलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली २८ राउण्ड तथा आभासलाई पेस्तोल १ थान सहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता, गोरखाको पालुङटार नगरपालिका-३ मैबल बस्ने ६३ वर्षीय राम बहादुर राना मगरलाई एकनाले भरुवा बन्दुक २ थान, बारुद जस्तो देखिने पदार्थ र फलामको गज ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण