कहिले डिस्चार्ज हुन्छन् देउवा ?
सारांश
- गत भदौ २४ गतेको आन्दोलनमा कुटपिटबाट घाइते भएका शेरबहादुर देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ।
- कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार देउवाको गर्दनमा चोट लागेको छ र १२ टाँका लगाइएको छ।
- देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको छ र उनीहरू केही दिन अस्पतालमै रहनेछन्।
काठमाडौँ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अहिले सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यसम्पादन समितिमा गरेको ब्रिफिङ अनुसार देउवाको गर्दनमा गम्भीर चोट लागेको छ । त्यहाँ १२ टाँका लगाइएको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले देउवा दम्पत्ति अझै केही दिन अस्पतालमै बस्ने जानकारी दिए । ‘अझै दुई/तीन दिन अस्पतालमा बस्नुपर्ने डक्टरहरूले भन्नुभएको छ,’ स्वकीय सचिव भानु देउवाले रातोपाटीसँग भने ।
आन्दोलनकारीले सभापति देउवासँगै रहेको उनकी धर्मपत्नी डा. आरजु राणा देउवालाई पनि कुटपिट गरेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेकी डा. राणाको पनि सैनिक अस्पतालमै उपचार भइरहेको छ ।
स्वकीय सचिव भानुले दम्पतीको स्वास्थ्य अवस्थामा भने सुधार आइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण