तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई माओवादी केन्द्रको ध्यानाकर्षण
काठमाडौँ । नेकपा माओवादी केन्द्रले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटीको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको जानकारी दिए ।
उनले जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता र संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, देशभक्त र परिवर्तनकारी पार्टीहरू, सामाजिक सङ्घसंस्थाहरू सबैलाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको जानकारी दिए ।
उनले भने,‘तोकिएकै समयमा निर्वाचन गराउन सरकारको पुनः ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने । जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता, संवाद गरेर समझदारी कायम गर्ने । समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकताको लागी प्रभावकारी पहल गर्ने । सबै देशभक्त, परिवर्तनकारी पार्टीहरू, सामाजिक सङ्घसंस्थाहरू सबैलाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गर्ने ।’
माओवादीको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेण्डा तय गर्न बुधवार स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेण्डा तय गरेको प्रवक्ता सापकोटाले बताए । बैठकले महाधिवेशनको मिति तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण