नख्खु कारागारबाट फरार भएका सहकारीका सञ्चालक शर्मा पक्राउ
बुधबार, ०८ असोज २०८२, १६ : ३१
सारांश
- सीआईबीले सहकारी ठगी आरोपमा नख्खु कारागारबाट फरार शिव शिखर सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरेको छ।
- शर्मा भदौ २४ गते आन्दोलनको बेला कारागारबाट भागेका थिए र उनलाई असोज ८ गते ललितपुरको सानेपाबाट पक्राउ गरिएको हो।
- शर्मा सहकारी ऐन र संगठित अपराध निवारण ऐन अन्तर्गत भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि नख्खु कारागारमा थिए।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सहकारी ठगीको आरोपमा नख्खु कारागारबाट फरार भएका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरेको छ।
भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारबाट भागेका शर्मालाई सीआईबीको टोलीले असोज ८ गते ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो।
सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत भक्तपुर जिल्ला अदालतको आदेशले शर्मा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका थिए।
पक्राउ परेका ५० वर्षीय शर्माको स्थायी ठेगाना बाँकेको खजुरा गाउँपालिका-६ हो भने उनी हाल काठमाडौंको सुकेधारामा बस्दै आएका थिए। पक्राउपछि उनलाई पुनः नख्खु कारागारमा बुझाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण