विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने
सारांश
- भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
- पुरुषतर्फ हिमाल अर्यालले सटपुट र महिलातर्फ प्रभा आङदेम्बेले लङ जम्पमा प्रतिस्पर्धा गर्नेछन्।
- प्रभाले सन् २०२५ मा रजत पदक जितेकी थिइन्, र टिमलाई बिदाइ गरिएको छ।
काठमाडौँ। सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। टोलीमा एक पुरुष र एक महिला खेलाडी रहेका छन्।
पुरुषतर्फ हिमाल अर्यालले एफ-५५ विधाको सटपुटमा आफ्नो चुनौती प्रस्तुत गर्नेछन् भने महिलातर्फ प्रभा आङदेम्बेले टी-४७ विधाको लङ जम्पमा प्रतिस्पर्धा गर्नेछिन्। दुवै खेलाडी 'विपरटाइट' प्रक्रियामार्फत सिधै विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन्। प्रभाले सन् २०२५ मा नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ऐतिहासिक रजत पदक जितेकी थिइन्।
टोलीको व्यवस्थापकमा पारा एथलेटिक्स संघ नेपालका सचिव साङबु भोटे रहेका छन्। अध्यक्ष ओमनाथ सिवाकोटी केही दिनपछि जाने कार्यक्रम रहेको बताइएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बुधबार सातदोबाटोमा आयोजित एक कार्यक्रममा टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो। टोली अध्यक्ष सिवाकोटीबाहेक बिहीबार भारत प्रस्थान गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण