भारतको लेहमा विद्यार्थीहरूद्वारा भाजपा कार्यालयमा आगजनी
सारांश
- लद्दाखलाई पूर्ण राज्यको माग गर्दै लेहमा भएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भयो।
- प्रदर्शनकारीले भाजपा कार्यालय र सीआरपीएफको गाडीमा आगजनी गरे, जसले गर्दा स्थिति तनावपूर्ण बन्यो।
- सोनम वाङचुकको समर्थनमा भएको आन्दोलनमा हिंसात्मक गतिविधि भएपछि प्रशासनले लेहमा र्याली तथा प्रदर्शनमा रोक लगायो।
लेह । केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित बुधबार लेहमा हिंसात्मक प्रदर्शन भएका छन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूको प्रहरी र सुरक्षा बलसँग झडप भएको छ।
प्रदर्शनकारी विद्यार्थीहरूले भारतीय जनता पार्टी (भाजपा) कार्यालयमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए। यस्तै, उनीहरूले केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) को गाडीमा समेत आगजनी गरेका छन्।
स्थिति नियन्त्रणमा लिन प्रशासनले लेह क्षेत्रमा अनुमति बिना कुनै पनि र्याली वा प्रदर्शन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको छ।
यी विद्यार्थीहरूले सामाजिक कार्यकर्ता सोनम वाङचुकको समर्थनमा आन्दोलन चर्काएका हुन्। वाङचुक विगत १५ दिनदेखि आमरण अनशनमा बसेकी छिन्। उनका अधूरा मागहरू पुरा नहुँदा प्रदर्शनकारीहरूले बुधबार बन्दको आह्वान गरेका थिए, जसै क्रममा हिंसा भड्किएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण