सिरहाबाट १५४ बोरा अनुदानको मल बरामद
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले गोलबजारबाट १५४ बोरा अनुदानको मल बरामद गरेको छ ।
अनुगमन टोलीले गाेलबजार नगरपालिका ६ पानिट्याङ्की नजिकैको गोदामबाट व्यवसायीले लुकाएर राखेको सरकारी अनुदानको युरिया, डिएपी र पोटाससहितको मल बरामद गरेको हो ।
अनुगमन टोलीले कृषि सामाग्री कम्पनी लिमिटेडबाट अनुदानमा वितरण भएको डिएपी ९६ बोरा, युरिया ३६ बोरा र पोटास ६ बोरा बरामद गरेको जिल्ला प्रशासन कार्यालय सिरहाका कर्मचारी अनिल कुमार यादवले जानकारी दिए ।
त्यसैगरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ६ बोरा युरिया र एक बोरा पोटाससहित ९ बोरा अन्य गैर अनुदानकाे मलसहित १५४ बोरा मल बरामद गरेको हो ।
कृषि सहकारी संस्थामार्फत किसानलाई वितरण गर्ने अनुदानकाे मल व्यवसायीले कालोबजारीमार्फत खरिद गरी दोवर मूल्यमा बिक्री भइरहेको भन्ने किसानको गुनासोको आधारमा आएका अनुगमन टोलीले उपरोक्त परिमाणको मल बरामद गरेको अनुगमन टोलीले जनाएको छ ।
टोलीले गोलबजार नगरपालिका ६ कै धमिनीस्थान एक घरमा अनुदानकाे मल राखेको भन्ने सूचनाको आधारमा शील गरेको छ ।
अनुगमन टोलीले छरछिमेकसँग बुझ्दा कसैले पनि गोदाम कसको हो र के छ भन्ने जानकारी नदिएपछि टोलीले शील गरेको जानकारी दिए ।
उनका अनुसार किसानको गुनासो पछि आफूहरू अनुगमनमा आउँदा एउटै गोदामबाट १५४ बोरा अनुदानकाे मल बरामद भएको र एउटा गोदाम शील गरेको बताए ।
कृषि सामाग्री कम्पनी लिमिटेड लहानका प्रमुख दिपराज पौडेलका अनुसार यस विषयमा अनुसन्धान भइरहेकाे छ।
अनुगमन भएको जानकारी पाएपछि गोलबजारका धेरै कृषि विजभण्डारहरु बन्द गरेर सञ्चालकहरू भागेका थिए ।
बरामद मलका गोदाम धनी सम्पर्कमा नआएपनि कौशल महतोको रहेको स्थानीयले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
-
यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने
-
कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
-
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण