उपत्यका अपराध अनुसन्धान कार्यालयमा आगजनी गर्ने दुई जना पक्राउ
काठमाडौँ । जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्दै टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् ।
दोलखाको भिमेश्वर नगरपालिका घर भएर टेकु बस्ने ३३ वर्षीय लक्ष्मण थामी ‘आइते’ र भारतको बिहार घर भएर कुलेश्वर बस्ने २२ वर्षीय निरज पोद्धार पक्राउ परेका हुन् ।
उनीहरू विरुद्ध आगजनी गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले रातोपाटीलाई बताइन् ।
भदौ २४ मा उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रवेश गरेर आगजनी गरेको भिडियो फुटेजमा देखिएको छ । उनीहरुले प्रहरीको हतियार लुटेर प्रदर्शन समेत गरेका थिए ।
अपराध अनुसन्धान कार्यालय नेपाल आयल निगमको भवनमा बस्दै आएको थियो । पक्राउ परेका पोद्धार यसअघि पनि चोरी मुद्दामा पक्राउ परेको प्रहरीको रेकर्डमा भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
-
पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
-
थुनामुक्त आदेशलगत्तै पुनः पक्राउ परे अभिषेक गिरी, रातारात लगियो काठमाडौं
-
अमेरिकी ‘स्ट्राइकर’ फोलारिनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ : ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण