बागमतीका चार उपसचिवको सरुवा
हेटौँडा । बागमती प्रदेश सरकारले चार जना उपसचिवको सरुवा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शिक्षा समूह तर्फका ४ जना उपसचिव (९ तह) का कर्मचारीको सरुवा गरेको हो ।
प्रमुख सचिव भुपाल बरालले ३ जना कार्यालय प्रमुख र एक जनालाई मन्त्रालयको महाशाखा प्रमुखमा सरुवा गरेका हुन् ।
प्रमुख सचिव बरालको निर्णयअनुसार सामाजिक विकास कार्यालय मकवानपुरमा कार्यरत गोपाल कँडेललाई शिक्षा निर्देशनालय बागमती प्रदेशको कामु महानिर्देशकमा सरुवा गरेको छ ।
११ औँ तह (सचिव स्तरको) दरबन्दी रहेको उक्त कार्यालय कार्यरत खुविराम अधिकारीको गत साताको मन्त्रिपरिषदको बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरुवा गरेपछि सो स्थान रिक्त रहेको थियो ।
यसअघि कँडेल कार्यरत रहेको सामाजिक विकास कार्यालय मकवानपुरको प्रमुखमा सूर्यबहादुर दाहाललाई जिम्मेवारी दिइएको छ । दाहाल कार्यरत युवा तथा खेलकुद मन्त्रालयको महाशाखामा लोक बहादुर वाइवाको सरुवा गरिएको छ ।
वाइवा यसअघि सामाजिक विकास कार्यालय धादिङ गजुरीमा कार्यरत थिए । उक्त कार्यालयमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्मा कार्यारत रमेश घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण