काठमाडौँ महानगरभित्र एक हजार ६० स्मार्ट बोर्ड जडान हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा एक हजार ६० स्मार्टबोर्ड जडान हुने भएको छ ।
महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्फत महानगरभित्रका ८७ सामुदायिक विद्यालयमा तिहारअघि एक हजार ६० स्मार्टबोर्ड जडान गर्ने गरी महानगरले काम गरिरहेको जानकारी दिए ।
नगरप्रमुख शाहले हालसम्म ४९० स्मार्टबोर्ड जडान भइसकेको र बाँकी ५७० बोर्ड जडानका लागि बजेट निकासा भइसकेकाले तिहारअघि नै उक्त बोर्ड पनि जडान भइसक्ने बताए ।
उक्त स्मार्टबोर्ड जडान भएसँगै काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ५३ हजार विद्यार्थी लाभान्वित हुने महानगरले जनाएको छ ।
नगरप्रमुख शाहले महानगरको पहिलो प्राथमिकता विद्यार्थी भएको बताए ।
“विद्यार्थीमा गर्ने लगानीले मात्र उनीहरूलाई आफ्नो विद्यालय, समाज र देशप्रति गौरव गर्न सक्ने आधार तयार हुन्छ भन्ने कुरामा हामी स्पष्ट छौँ, यस अभियानमा सबैको अपनत्व र सहभागिता आवश्यक छ”, नगरप्रमुख शाहले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण