डेनमार्कमा एक सातामै अर्काे विमानस्थल बन्द
सारांश
- अज्ञात ड्रोन देखिएपछि डेनमार्कको आल्बोर्ग विमानस्थल बन्द गरिएको छ।
- यसअघि कोपेनहेगन विमानस्थल पनि अज्ञात ड्रोनका कारण बन्द भएको थियो।
- प्रहरीका अनुसार ड्रोन देखिएपछि सैन्य बल प्रभावित भएको छ।
कोपेनहेगन । डेनर्माकले आफ्नो अर्को विमानस्थल पनि बन्द गरेको छ । आकाशमाथि अज्ञात ड्रोन देखिएपछि डेनमार्कले आल्बोर्ग विमानस्थल बन्द गरेको हो । यस विमानस्थललाई व्यावसायिक र सैन्य उडानका लागि प्रयोग गरिँदै आएको छ ।
केही दिनअघि मात्रै अज्ञात ड्रोन देखा परेपछि देशको मुख्य विमानस्थल कोपेनहेगन विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो । बिहीबार बिहान उत्तरी डेनमार्कमा रहेको आल्बोर्ग विमानस्थल नजिक एकभन्दा धेरै ड्रोन देखिएको डेनिस प्रहरीले भनेको छ ।
सोमबार कोपेनहेगन विमानस्थलको आकाशमाथि चार घण्टासम्म अज्ञात ड्रोन घुमिरहेपछि विमानस्थल बन्द गरिएको थियो । आल्बोर्ग विमानस्थल बन्द भएपछि सैन्य बल प्रभावित भएको प्रहरीले भनेको छ ।
ड्रोन त्यसरी घुमिरहनुको उद्देश्य के हो र यसलाई कसले चलाएको थियो भनेर अहिले नै भनिहाल्नु हतार हुने पनि प्रहरीको भनाइ छ । बिहीबार बिहान ड्रोन आल्बोर्ग विमानस्थलमाथिको आकाशबाट गए पनि देशको पश्चिमी क्षेत्रमा रहेको इस्बजर्ग, सोन्डरबर्ग र स्क्रा्याड्स्ट्रप सहरका विमानस्थल आसपास देखा परेको खबर आएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण