राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन सरकारको आह्वान
सारांश
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरे।
- अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति गठन गरिएको र समितिले पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्नेछ।
- मन्त्री घिसिङले भौतिक संरचनामा भएको क्षतिको लागि आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको बताए।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ कुलमान घिसिङले जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि सरकारले गठन गरेको पुनर्निर्माण कोषमा योगदान गर्न सवैमा आह्वान गरेका छन् । सरकारले स्थापना गरेको कोषमा मन्त्री घिसिङले सहयोगको आह्वान गरेका हुन् ।
अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरेको थियो । बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले समितिले पुनर्निर्माण कार्य योजना स्वीकृत गर्दै पुनर्निर्माणको काम थाल्ने जानकारी दिए । भौतिक संरचनामा आगजनी र तोडफोडले ठुलो क्षति भएको भन्दै उनले आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोष स्थापना गरिएको मन्त्री घिसिङको भनाइ छ ।
‘कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरू, विकास साझेदार, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट अमूल्य योगदान गरी राष्ट्र पुन निर्माणको महान् अभियानमा सहभागी हुन नेपाल सरकार सवैमा आह्वान गर्दछ’, मन्त्री घिसिङले पत्रकार सम्मेलनमा लिखित विज्ञप्ति वाचन गर्दै भनेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण