एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता
सारांश
- एनआरएनए प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।
- भेटमा देशको वर्तमान अवस्था र निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।
- गैरआवासीय नेपाली नागरिकता, श्रमिक सुरक्षा, र लगानीका विषयमा छलफल भएको थियो।
काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधिमण्डलले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेको छ।
भेटमा प्रतिनिधिमण्डलले देशको वर्तमान विषम परिस्थितिबारे छलफल गरेको एनआरएनएले जनाएको छ। सो अवसरमा प्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै निर्वाचन सम्पन्न गर्न र सरकार सफल बनाउन एनआरएनएले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी एनआरएनए अभियन्ता आरके शर्माले बताए ।
शर्माले भने, 'हामीले प्रधानमन्त्रीज्यूलाई बधाई दियौँ र निर्वाचन सम्पन्न गर्न वा सरकार सफल पार्न हामीले यथासक्य सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ। यस क्रममा गैरआवासीय नेपाली नागरिकता, चर्लुका समस्या, सामाजिक सुरक्षा कोष, र कलेक्टिभ इन्भेस्टमेन्टमार्फत रेमिटेन्सलाई कन्जुमेबलबाट सेभिङमा ल्याउने उपायबारे छलफल गरेका छौँ। हामीले प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, उर्जा मन्त्रीज्यू र प्रमुख मुख्य सचिवज्यूसँग यी सबै विषय यथाशक्ति सम्बोधन गरिदिन अनुरोध गरेका छौँ।'
उनले थपे, 'विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, पुलिस सेवा र अन्य व्यवस्थासम्बन्धी विषयमा पनि सुझाव प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका छौँ। एनआरएनएको सचिवालयसँग सम्बन्धित समस्याबारे पनि न्यायसंगत समाधान र कार्यसम्पादनका लागि आग्रह गरेका थियौँ, जसमा प्रधानमन्त्रीले सहयोग गर्ने आश्वासन दिनुभयो।'
प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता र सामूहिक लगानी सम्बन्धी सबै सुझाव प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो। साथै, व्यापारीलाई हुने जोखिम न्यूनीकरण गर्न नीति–नियम बनाउने विषयमा पनि अनुरोध गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण