सडकमा जित्यौँ, तर राजनीतिक रूपमा हार्यौँ : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले हालैको जेनजी आन्दोलनपछि देशले महत्त्वपूर्ण राजनीतिक अवसर गुमाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उनले सडकमा आन्दोलन सफल देखिए पनि राजनीतिक रूपमा भ्रष्ट नेतृत्व ले फेरि जित हासिल गरेको दाबी गरेका छन् ।
शाहीका अनुसार आन्दोलनको मूल माग ’प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री’ को एजेन्डा असफल भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नै अहिले उक्त व्यवस्था सम्भव नभएको घोषणा गरिसकेकाले यसको पुष्टि भएको उनको भनाइ छ ।
शाहीले आन्दोलनले उपलब्धि गुमाउनुमा नेतृत्वमा भएको कमजोरीलाई मुख्य कारक देखाएका छन्। उनले भनेका छन्, “सबै कुरा हातमा थियो तर पनि गुमायौँ ।”
उनका अनुसार, भदौ २४ गतेकै दिन सडकबाट घोषणा गर्नुपर्ने माग वास्तविक जेनजी प्रतिनिधिहरूले नभई अन्य समूह ले वार्ता गरेर सम्झौता गरेका कारण देशले राजनीतिक उपलब्धि गुमाउन पुग्यो ।
शाहीले वर्तमान राजनीतिक अवस्थाबारे निराशा व्यक्त गर्दै अब हुने निर्वाचन सामान्य सांसद निर्वाचन मात्र हुने उल्लेख गरेका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव संविधान संशोधनमार्फत मात्र सम्भव हुने र त्यसका लागि १८४ सांसदको सहमति आवश्यक पर्ने भएकाले व्यवहारतः त्यो सम्भव नदेखिने उनको तर्क छ ।
नेता शाहीले अन्तमा भ्रष्ट नेताहरू फेरि अग्रस्थानमा पुगेको आरोप लगाउँदै नयाँ पुस्ताको राजनीतिक आकांक्षा अधुरै रहने चेतावनी पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण