अपडेट
नारायणगढ-मुग्लिन सडक ५४ घण्टापछि सञ्चालनमा
बिहीबार, ०९ असोज २०८२, २२ : ४९
सारांश
- नारायणगढ-मुग्लिन सडक ५४ घण्टापछि पुनः सञ्चालनमा आएको छ।
- सडक तुईन खोला नजिक पहिरोका कारण अवरुद्ध भएको थियो।
- भरतपुर सडक डिभिजनले चालकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक ५४ घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ। तुईन खोलानजिक गएको पहिरोका कारण अवरुद्ध सडक तीन दिन (करिब ५४ घण्टा) पछि बिहीबार रातिदेखि सडक सञ्चालनमा आएकाे हाे ।
भरतपुर सडक डिभिजनले सडक सञ्चालनमा आए पनि सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेकाे छ।
गत मंगलबार दिउँसो ४ः५५ बजे ठुलो पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो। सोही क्षेत्रमा यसअघि पनि शुक्रबार साँझ पहिरो जाँदा सडक करिब ४५ घण्टा ठप्प भएको थियो। मंगलबार गएको पहिरो बुधबार बिहानदेखि हटाउने कार्य सुरु गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितको खुसीयाली मनाउँदा चोट, हेन्डरसनको नाडीको शल्यक्रिया गरिने
-
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा
-
चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न डा केसीको माग, नभए असार २५ देखि सत्याग्रह गर्ने चेतावनी
-
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
-
संसद्का चार विषयगत समितिको बैठक बस्दै
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण