अमेरिकाका पूर्व एफबीआई प्रमुख जेम्स कोमीमाथि दुई मुद्दा
सारांश
- एफबीआईका पूर्व प्रमुख जेम्स कोमीमाथि संवेदनशील जानकारी खुलासासम्बन्धी मुद्दा चलाइएको छ।
- कोमीलाई झूटा बयान दिएको र न्यायमा बाधा पुर्याएको आरोप लागेको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोमी र अन्य राजनीतिक विरोधीहरू दोषी भएको बताएका थिए।
वासिङ्टन डीसी । अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)का पूर्व प्रमुख जेम्स कोमीमाथि संवेदनशील जानकारीको खुलासासँग सम्बन्धित अपराधमा मुद्दा चलाइएको छ । ती मुद्दामा उनीमाथि झूटा बयान दिएको र न्यायमा बाधा पुर्याएको आरोप लगाइएको छ ।
कोमीमाथि ती अभियोग भर्जिनिया राज्यका सङ्घीय न्यायाधीशले चलाएका हुन् । कानुनभन्दा माथि कोही पनि नभएको अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले अभियोग घोषणा भएपछि बताए ।
यस हप्ताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा कोमी र अन्य धेरै राजनीतिक विरोधीहरू दोषी भएको र न्याय हुनुपर्ने बताएका थिए । आफू निर्दोष भएको भन्दै कोमीले सङ्घीय न्याय प्रणालीमाथि आफूलाई पूरै विश्वास भएको बताएका छन् ।
कोमीलाई ट्रम्पले २०१७ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा बर्खास्त गरेका थिए । त्यसपछि दुवै जना सार्वजनिक रूपमा झगडा गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण